मध्यपुर्वका नेताहरुको ओमानमा जमघट,मध्यपुर्ववाट आरके शर्माको आईसिसि अध्यक्षमा दावी
ओमान- गैरआवासीय नेपाली (एनआरएनए) सोसल क्लब ओमानको सातौ महाधिवेसन सम्पन्न भएको छ । शुक्रवार एनबिओ अडोटोरियम हल मस्कटमा महाधिवेशन सम्पन्न भएको हो । सातौ महाधिवेसनले एनआरएनए ओमानको आगामी २०२३–२५ कार्यकालको लागी नयाँ कार्यसमिति चयन गरेको छ ।
उक्त सातौ महाधिवेसनले एनआरएनए ओमानका अध्यक्ष बिकल झालाई नै निरन्तरता दिएको छ । क्लबको १७ मार्च शुक्रबारको दिन सम्पन्न अधिवेशनले सन् २०२३–२०२५ का लागि २३ सदस्यीय कार्यसमित सर्वसम्मत चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा सुरेश खड्का, रविन सिल्पकर,टिकाप्रसाद दाहाल र महिला उपाध्यक्षमा पूजा बस्नेत चयन गरेको छ भने महासचिबमा सुसन श्रेष्ठ, सचिबमा कमल अर्याल र लक्ष्मी प्रसाद कोइराला, कोषाध्यक्षमा कृष्ण पाण्डे, सहकोषाध्यक्षमा महेन्द्र तिवारी, प्रवक्तामा विनोद दास, युवा तथा खेलकुद संयोजकमा सुरज चित्रकार र महिला संयोजकमा गरिमा सुबेदी चयन गरेको छ ।