माथील्लो डोल्पा बिम्ब – दैनिकी असहज तर अबिराम जिवन

   
बिम्ब
 
प्रकाशित मिति : २०७९ चैत्र १४, मंगलवार १३:४१

नेपालको हिमाली जिल्ला जस्ले घुमफिर गर्दछ । उसले भर्जिन भूमीको अवलोकन मात्र होइन घुमफिरको अनुभव र अनुभुती छुट्टै हुन्छ । नयाँ ठाउँमा जाँदा, नयाँ विषय सिक्दा, नयाँ अनुभूति हुँदा मानिस उत्साहित र खुशी हुन्छ ।

मानिसहरु खुशी हुनको लागि पर्यटक भएर घुमफिर गर्दछन् । मानिस स्वभाव अनुसार खुशी र आनन्द प्राप्त गर्ने विधि फरक हुन सक्दछ । तर प्रकृतिसंग रमाउने मन सबैको हुन्छ । त्यसमा पनि भर्जिन भूमीमा घुमफिर गर्न पाउदा को नरमाउला र रु माथिल्लो डोल्पाको छार्का गाउँ पर्यटकहरुलाई भरपूर्ण आनन्द दिने ठाउ हो । कर्णाली प्रदेशको डोल्पा भौगोलिक विकटता भएपनि सांस्कृतिक विविधता, प्राकृतिक सुन्दरता, पर्यटनको प्रचुरता र जैविक विविधताले सजिएको भूगोल हो । डोल्पामा फोक्सुण्डो ताल, फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, सुलिगाड झरना, विश्वको सर्वाधिक उचाईमा रहेको मानब बस्ती छार्का भोट, दुर्लभ काईके भाषा मात्र होइन माथिल्लो डोल्पामा पर्यटकहरुका लागि पद यात्रामा रमाउने अनेकौ स्थलहरु छन् । शे–फोक्सुण्डो सफा, शान्त र निर्मल पानी, कान्जिरोवा हिमालको काखैमा रहेको छे । झट्ट हेर्दा कहिले गाढा निलो त कहिले फिक्का र हरियो देखिने शे–फोक्सुण्डो तालको पानीले पर्यटक रमाउछन । शे–फोक्सुण्डो ताल केहि वर्ष यता आएर पर्यटकको गन्तब्य बनेको छ । शे–फोक्सुण्डो ताल नेपालको सबै भन्दा गहिरो ताल मानीन्छ । यस तालबाट निस्कने पानीको झर्नालाई सुलिगाड झर्ना भनिन्छ । जुन झर्नाले शे–फोक्शुण्डो तालमा पुग्ने पर्यटकहरुलाई थप रमणिय बनाई दिएको छ ।

शे–फोक्सुण्डो ताल नजिक रहेको रीन्मो गाउँमा पर्यटकहरुको लागि बनाइएको केही होटल र निकुञ्ज रक्षाका लागि रहेको सेनाको व्यारेक बाहेक अन्य कतै बस्ती छैन । शे–फोक्सुण्डो तालको यात्रा पछी माथील्लो डोल्पा यात्रा गर्दा ५ हजार ५ सय मिटर उचाई भएका ४ वटा पहाड पार गर्नुपर्दछ । कतिपय पर्यटकहरुलाई अक्सीजनको कमी भै स्वास प्रश्वास क्रियामा समेत अबरोध हुन सक्छ । त्यसैले पदयात्रा गर्दा औषधी समेत लैँजादा राम्रो हुन्छ । माथील्लो डोल्पामा बिश्वकै बढि हिम चीतुवा पाइने स्थान हो । पैदल यात्रा गर्दा बाटोमा थुपै्र जंगली जनावरहरु भेटिन्छन । यात्रामा जादाँ सकभर समुह भएर जादाँ राम्रो मानीन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित बिम्बहरु