रुस र युक्रेनबीच सशस्त्र द्वन्द्व चलेको आज (अगस्त १०/०२३) मा ५५३ दिन पुगेको छ । गत २४ फेब्रुअरी २०२२बाट रुसले युक्रेनमाथि निरन्तर हमला गरिरहेको छ । यद्यपी युक्रेनले आफ्नो स्वाधिनताको रक्षा गर्नका लागि रुससँग प्रतिकार गरिरहेको छ । रुस र युक्रेनबीच दोहोरो भिडन्त जारी छ । युक्रेनमा कब्जा गर्ने रुसले आफ्नो लाखौ सैनिकहरु प्रिचालन गरेको छ ।
अन्तराष्ट्रिय सञ्चार संस्था रोयटर्सका अनुसार हालसम्म सो द्वन्दबाट हालसम्म ६२ हजार २ सय ९५ जनाको मृत्यु भएको छ । झण्डै ६१ हजार घाइते भएका छन् । १५ हजार जना वेपत्ता भएका छन् । त्यस्तै द्वन्दकाे प्रभावले १ कराेड ७० लाख मानिसहरु घरबारविहिन भएका छन् । हजाराैकाे ज्यान लिने र कराेडाैलाई घरबार विहिन बनाउने युद्धको विजाराेपण कहाँबाट भयो ?
युक्रेनको जन्म कसरी भयाे ?
विगत आठ वर्षदेखि रुस र युक्रेनबीच चलिरहेको द्वन्द्वले दुई देशलाई मात्रै नभई सिंगो विश्वलाई नै खतरनाक मोडमा पुर्याएको छ । युक्रेन र रूसको पनि साझा विरासतको इतिहास छ, जो अहिले एक अर्काबीच जाइलागेका छन् ।
नवौं शताब्दीमा वर्तमान युक्रेनको राजधानी किभबाट सुरु हुन्छ । किभ पहिलो स्लाभिक साम्राज्यको राजधानी थियो । यो राज्य एक स्क्यान्डिनेभियाई जनजातिद्वारा गठन गरिएको थियो । यो महान मध्ययुगीन राज्यको स्थापनापछि रुस र युक्रेन दुवै यही साम्राज्यबाट जन्मेका हुन् । मस्को २१ औं शताब्दीमा स्थापित भएको थियो । त्यसपछि यो शहर किभियन रूसी साम्राज्यको उत्तर–पूर्वी सीमा थियो ।
स्लाभिक साम्राज्यमा अर्थोडक्स इसाई धर्मको प्रभुत्व थियो । सन् ९८८ मा, किभ सम्राट व्लादिमिर वा सेन्ट भ्लादिमिर Svyatoslavich द ग्रेटले यो दृष्टिकोण अपनाए । भ्लादिमिर प्रथमले मध्यकालीन रूसको राज्यलाई हालको बेलारुस, रूस र युक्रेनबाट बाल्टिक सागरसम्म विस्तार गरेका थिए ।
बेलारूसी, युक्रेनी र रूसी भाषाहरू यस क्षेत्रमा बोलिने धेरै बोली मध्यको हो । यो साझा विरासतले यी तीन देश (मस्काे, रुस र युक्रेन) लाई सांस्कृतिक रूपमा एकताबद्ध गर्दछ । हमला गर्नु अगावै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी र युक्रेनी जनता एक भएको घोषणा समेत गरेका छन् । यद्यपी विज्ञहरू यो कुरामा सहमत छैनन् ।
उनीहरु दुबैको उत्पत्ति एउटै राज्यबाट भएको हुनसक्ने तर पछिल्लो नौ शताब्दीमा युक्रेनको अनुभव फरक रहेको बताउँछन् । किनभने उनको भाग्य विभिन्न समयमा विभिन्न शक्तिहरूले तय गरेका छन् ।
युनिभर्सिटी कलेज अफ लन्डनका युक्रेनी अध्ययनका प्रोफेसर डा. एन्ड्रयु विल्सन भन्छन्– ‘युक्रेनलाई क्षेत्र वा पहिचानको सट्टा एक ‘जटिल समय’को रूपमा हेर्नु महत्वपूर्ण छ ।’
१३ औं शताब्दीमा, रूसी राज्यका धेरै प्रान्तहरू मंगोल साम्राज्यले कब्जा गरे । तर १४ औं शताब्दीमा, कमजोर मंगोल शासनले मस्को र लिथुआनिया नामक दुई प्रान्तहरूलाई फाइदा पुर्याएको थियो । यी दुईले रुसलाई आपसमा विभाजित गरे ।
१४ औँ शताब्दीमा किभ र यसको वरपरको क्षेत्र लिथुआनिया प्रान्तद्वारा कब्जा गरिएको थियो । ती मानिसहरूले यहाँ पुनः जागरण र सुधारवादी विचारधारा ल्याए र पश्चिमी युक्रेनको गालिसिया वा कार्पाथियन ग्यालिसिया क्षेत्र ह्याब्सबर्ग साम्राज्यद्वारा शासित थियो । त्यो समयको सांस्कृतिक सम्पदा अझै पनि त्यो क्षेत्रमा देख्न सकिन्छ । प्रख्यात रुसी इतिहासकार जेफ्री होस्किङले भन्छन्– ‘पश्चिमी युक्रेनको इतिहास पूर्वी युक्रेनको भन्दा धेरै फरक छ ।’
पश्चिमी युक्रेनका धेरै मानिसहरू रूसी अर्थोडक्स चर्चका अनुयायी छैनन् । उनी पूर्वी क्याथोलिक चर्चको विश्वासी छन् । यो विश्वासले पोपलाई आफ्नो आध्यात्मिक गुरु मान्छन् । यस बाहेक, युक्रेनको क्रिमिया क्षेत्र पनि देशको अन्य भाग भन्दा धेरै फरक छ । यहाँको सम्बन्ध ग्रीक र टाटार जनतासँग रहेको छ र मध्यकालीन समयमा क्रिमिया पनि रुसी र ओटोमन साम्राज्यको अधिनमा थियो ।
इतिहासकार होस्किङका अनुसार १७ औं शताब्दीमा, लिथुआनिया–पोल्याण्डको राष्ट्रमण्डल र रूसका जारवादी सम्राटहरूबीचको युद्धले डिनिपर नदीको पूर्वका सबै क्षेत्रहरूलाई रूसी नियन्त्रणमा ल्याएको थियो । युक्रेनका जनताले यस क्षेत्रलाई आफ्नो ‘बायाँ किनारा’ मान्दथे । हालको युक्रेनको मध्य र उत्तरपश्चिमी क्षेत्रमा, १७ औं शताब्दीमा एउटा राज्य थियो, जसलाई १७६४ मा तात्कालिन रुसी महारानी क्याथरिन द ग्रेटले कब्जा गरेकी थिइन् ।
उनीहरूले पोल्याण्डले ओगटेको युक्रेनको भू–भागमा पनि आफ्नो नियन्त्रण कायम गरे । त्यसपछि आगामी वर्षहरूमा, एक नीति आदेशले युक्रेनी भाषाको प्रयोग र अध्ययनमा प्रतिबन्ध लगाएको थियो । मानिसहरूलाई आस्थाका सम्बन्धमा पनि दबाब दिइन्थ्यो र यसरी ‘सानो जात’ समूह बनाइयो । यसैबीच पश्चिमका धेरै देशहरूमा राष्ट्रियताको लहर फैलियो । यसको प्रभाव पोल्याण्डदेखि अस्ट्रियासम्म देखिएको थियो । यस अवधिमा यहाँका धेरै मानिसहरूले आफूलाई रुसका मानिसहरूभन्दा फरक देखिनका लागि ‘युक्रेनियन’ भन्न थाले । तर, २० औं शताब्दीमा रुसमा क्रान्ति भयो र सोभियत संघको स्थापना भयो ।
सोभियत संघ स्थापनाका क्रममा ‘युक्रेन–सम्बन्धित पहेलीले नयाँ रूप पाएको थियो । सोभियत नेता जोसेफ स्टालिनले दोस्रो विश्वयुद्धको अन्त्यमा पोल्याण्डबाट पश्चिमी युक्रेनलाई गाभे ।
भाषाको प्रभाव र आँट
सन् १९५० को दशकमा मस्कोले क्रिमिया युक्रेनलाई सुम्पेको थियो । यो सोभियत संघको एक हिस्सा थियो । यस निर्णयपछि पनि रुससँग गहिरो सम्पर्क कायम रह्यो र ब्ल्याक सीमा रुसको जहाजले यसलाई प्रतिकात्मक रूपमा पुष्टी गर्ने गर्दथ्यो । सोभियत सरकारले युक्रेनमा रुसी प्रभावलाई थप बलियो बनाउन खोजेको थियो । धेरै पटक युक्रेनले यसको लागि पटक पटक ठूलो मूल्य चुकाउनु परेको छ ।
सन् १९३० को दशकमा सोभियत संघको हिस्सा रहेको युक्रेनमा स्टालिनले जबरजस्ती थोपरेको भोकमरीका कारण लाखौं मानिस मरे । यसपछि स्टालिनले ठूलो संख्यामा सोभियत जनतालाई त्यहाँ बसाए । तिनीहरूमध्ये धेरैले युक्रेनी बोल्न सक्दैनन् । यस क्षेत्रसँग उनको सम्पर्क र सम्बन्ध पनि निकै सीमित थियो । यो प्रयास पूर्वी क्षेत्रलाई पुनर्वास गर्नु थियो । तर, सांस्कृतिक रूपमा सोभियत संघले युक्रेनमाथि आफ्नो प्रभुत्व कहिल्यै प्रमाणित गर्न सकेन ।
होस्किङका अनुसार केन्द्रबाट आर्थिक, राजनीतिक र सैन्य निर्णयहरू लागू गरिए पनि युक्रेनलाई सांस्कृतिक र शिक्षाको क्षेत्रमा ‘विशेष स्वायत्तता’ थियो । यद्यपि रूसी भाषा प्रबल थियो, प्राथमिक विद्यालयमा बच्चाहरूले युक्रेनी भाषा सिक्ने क्रम जारी राखे । युक्रेनी भाषामा धेरै पुस्तकहरू प्रकाशित भएका छन् । ‘२० औं शताब्दीको उत्तरार्धमा युक्रेनी शिक्षित मानिसहरूका बीचमा बलियो राष्ट्रवादी अभियान सुरु भयो ।’
सन् १९९१ मा सोभियत संघ विघटन भयो र १९९७ मा रूस र युक्रेनबीच एक सन्धिमा हस्ताक्षर गरियो । यसबाट युक्रेनको सीमानाको अखण्डता पुष्टि भयो । तर देशका विभिन्न क्षेत्रमा यस्ता केही कमी कमजोरी देखिएकाले यो दुई देशबीचको द्वन्द्व आजको दिनमा पनि उत्तिकै उत्कर्षमा छ ।
युक्रेनको पूर्वी भागका मानिसहरूको रुससँग घनिष्ठ सम्बन्ध छ । यहाँ बस्ने मानिसहरू रुसी भाषा बोल्छन् र रूढीवादी छन् । युक्रेनको पश्चिमी भागमा पश्चिमी प्रभाव देखिन्छ । पोल्याण्ड र हंगेरीको प्रभाव यहाँ देखिन्छ । यहाँ बस्ने मानिसहरू क्याथोलिक हुन् र तिनीहरू आफ्नै भाषा बोल्छन् ।
कहिले कहिले भयाे द्वन्द ?
सन् १९९१ डिसेम्बर १ मा युक्रेन स्वतन्त्र भएको थियो । सोभियत संघको पतन भएको केही समयपछि युक्रेनले स्वतन्त्रताको पक्षमा मतदान ग¥यो । युक्रेनी जनताले सार्वभौमसत्ता सम्पन्न राज्य बन्नका लागि समर्थन गरेका छन् । सुरक्षा आश्वासनमा (बुडापेस्ट) ज्ञापनपत्र सन् १९९४ को अन्तमा हस्ताक्षर गरिएको थियो । युक्रेनले आफूलाई गैरआणविक शक्ति बताउँदै, शीत युद्धबाट सबै आणविक हतियारहरू रूसी संघमा हस्तान्तरण गर्ने सम्झौतापछि यो कागजातमा हस्ताक्षर गरिएको थियो ।
यसअघि युक्रेनसँग विश्वको तेस्रो ठूलो आणविक भण्डारको भौतिक स्वामित्व थियो । युक्रेनबाहेक बुडापेस्ट ज्ञापनपत्रमा संयुक्त राज्य अमेरिका, बेलायत र रुसले हस्ताक्षर गरेका थिए । पश्चिमाञ्चलका उम्मेदवार भिक्टर युस्चेन्को र रुसले समर्थन गरेका भिक्टर यानुकोभिचबीचको राष्ट्रपति चुनावले ठूलो विवाद सिर्जना गरेको थियो । युस्चेन्कोलाई चुनावअघि रहस्यमय रूपमा विष दिइएको थियो तर निको हुन सफल भएका थिए ।
यानुकोभिचको पक्षमा विजय घोषणा गरिएको थियो तर चुनावलाई व्यापक खेलका रुपमा उनलाई हेरिएको थियो । युक्रेनीहरू सडकमा उत्रिएका थिए । २००४ डिसेम्बर सम्म, प्रदर्शनकारीहरूले पुनः मतदान गर्न सक्थे, जसको परिणामस्वरूप युस्चेन्कोको जित भएको थियो ।
अप्रिल २००८को प्रारम्भमा, नाटो शिखर सम्मेलन युक्रेनमा सदस्यता कार्ययोजना विस्तार गर्नेबारे गहन बहसको थालनी भयो । नाटोको सदस्यता प्राप्त गर्न, २८ युरोपेली देशहरू र दुई उत्तर अमेरिकी देशहरूबीचको सैन्य गठबन्धन उत्तरी एट्लान्टिक क्षेत्रमा शान्ति र सुरक्षाको रक्षा गर्न समर्पित देशहरूसँग पहिले योजना बन्यो ।
युक्रेनी सदस्यताबारे थाहा पाएपछि पुटिनले यसको विरोध गर्दै तत्कालिन अमेरीकी राष्ट्रपति जर्ज डब्लु बुशलाई युक्रेन कुनै राज्य नभएको र नेटोले यसलाई योजनामा समावेश गर्न नमिल्ने बताएका थिए ।
युरोपेली संघसँगको सम्बन्धमा काम गर्ने वाचा गरेपछि, राष्ट्रपति यानुकोभिच, जो फेरि राष्ट्रपतिको लागि दौडिए र सन् २०१० मा विजयी भए, उनी विजयी भएपनि राजनीतिक दिशा बदल्न र युक्रेनलाई रूसतर्फ उन्मुख गर्न थाले । राजनीतिक प्रतिद्वन्द्वी युलिया टिमोसेन्कोको विवादास्पद गिरफ्तारी र सरकारी भ्रष्टाचारको बारेमा जनताले व्यापक विरोध जनाए । जसलाई युरोमिडियन आन्दोलनको नाम दिइएको थियो ।
किभको मैदान स्क्वायरमा केन्द्रित भएर देशभर विरोध प्रदर्शन भइरहेको थियो । सो आन्दोलनमा कम्तिमा १३० व्यक्तिहरू मारिएका थिए । यानुकोभिच भागेर रसिया पुगे, र नयाँ नेतृत्वले युक्रेनलाई युरोपेली संघतर्फ उन्मुख गर्ने प्रतिबद्धता जनाइएको थियो ।
युरोमिडियन आन्दोलनको विरोधपछि रुसले युक्रेनी प्रायद्वीप, रुसी बहुल जातीय जनसंख्या भएको क्रिमिया कब्जा गरेको थियो । रूसी सैनिकहरूले प्रायद्वीपमा मुख्य भुभागहरु ओगटेका थिए । रूसी चिन्हहरू हटाइएका सैन्य बर्दी लगाएका थिए । २१ अप्रिल २०१९मा पूर्व हाँस्य कलाकार भोलोदिमिर जेलेन्स्कीले राष्ट्रपति चुनावमा रुस समर्थक वर्तमान पेट्रो पोरोसेन्कोलाई भारी मतले पराजित गरे । जेलेन्स्कीको पार्टीले पनि संसदमा बहुमत सिट जितेको थियो । यो युक्रेनी इतिहासमा पहिलो थियो ।
जेलेन्स्कीको अभियानका क्रममा गरिएका वाचाहरूमा रूससँगको युद्ध अन्त्य गर्ने र युक्रेनी सरकारबाट भ्रष्टाचारलाई जरैबाट हटाउने कुराहरु समावेस थियो । सन् २०२१ को सुरुमा, जेलेन्स्कीले रुसी समर्थक युक्रेनी कुलीन वर्गहरूमाथि क्र्याक डाउन गरे, जसमा पुटिनका नजिकका साथी भिक्टर मेदवेदचुक पनि थिए । त्यसपछि, पुटिनले युक्रेनी सीमा नजिकै बढ्दो संख्यामा सेना तैनाथ गरेका थिए र ‘रुसी र युक्रेनीहरू एउटै व्यक्ति हुन्’ भनी दाबी गर्दै एउटा लेख प्रकाशित गरेका थिए ।
पुटिनले २०२१ को डिसेम्बरसम्म, दसौं हजार रूसी सेनाहरू सीमामा तैनाथ गरेका थिए । त्यसपछि पुटिनले नेटो र संयुक्त राष्ट्र संघ समक्ष विभिन्न मागहरू राखेका थिए । ती मागहरू मध्ये युक्रेनलाई कहिले पनि नेटोमा भर्ना गर्न नदिने भन्ने थियो । यो मागलाई अमेरीकी राष्ट्रपति जो बाइडेनको सचिवालयले अस्वीकार गरिदियो ।
यसअघि सन् २०१४ मा, युक्रेनी सरकारले रुसी समर्थित विद्रोहीहरूको नेतृत्वमा डोनेट्स्क र लुहान्स्कको युक्रेनी क्षेत्रहरू युक्रेनबाट अलग गरेको थियो । २१ फेब्रुरी २०२१ नेटो र पश्चिमसँगको सम्बन्ध टुटेपछि पुटिनले यी क्षेत्रहरूलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिएका थिए र शान्ति कायम राख्न सेना पठाएका थिए ।
छुट्टिएका क्षेत्रहरू पहिचान गरेको केही दिनपछि, रुसले युक्रेनमा पूर्ण रूपमा आक्रमण सुरु ग¥यो । आक्रमण पूर्वी युक्रेनी क्षेत्र डोनबासबाट भएको थियो । त्यसपछि जेलेन्स्कीले युक्रेनमा मार्शल ल घोषणा गरे र आधिकारिक रूपमा रुससँग कूटनीतिक सम्बन्ध तोडेका जनाएका थिए । साथै हाल पुटिनको उक्त कार्यको विश्वभर र रुसमा पनि निन्दा भएको छ ।