२०२३ लाई फर्केर हेर्दा

   
बिम्ब
 
प्रकाशित मिति : २०८० पुष १६, सोमबार ०३:४७

वर्षको भोगाई हरेकको फरक फरक हुन्छ, एउटा वर्ष आफैमा कुनै चानचुने कुरा हैन, इतिहासलाई यिनै र यस्ता वर्षहरुले नै थेगेका हुन्छन् । वर्षहरूका खातहरूमा सन् २०२३ पनि एउटा विशेष महत्त्व र अनुभवका साथ बिदाइ भएर गएको छ ।
अग्रेजी नयाँ वर्षको सुरुवात हुदैँ गर्दा वितेको बर्षमा घटेका महत्वपुर्ण घटनाको बिम्ब कस्तो रह्यो एकचोटी हेरौँ ।

हवाइजहाज दुर्घटना
सन् २०२३ सुरु भएको १५ दिनमा नै अर्थात् जनवरि १५ मा नै घटित भयो । हवाइजहाज दुर्घटनाका श्रृखलाहरुमा यति एयरलाइन्सको पोखरा काठमाडौँ उडानको दुखद दुर्घटनाले ७२ जना यात्रुहरूले ज्यान गुमाए । यता मनाङ एयरको सगरमाथा क्षेत्रको लिकुपिखेमा भएको हेलिकप्टर दुर्घटनाले पनि यस वर्ष अर्को पीडा दिएर गयो । यस दुर्घटनामा ६ जनाको ज्यान गयो । यसका साथै मनाङ एयरकै अर्को हेलिकप्टर लोवुचेमा दुर्घटनाग्रस्त हुँदा घाइते भएका चालकको पनि उपचारका क्रममा मृत्यु भएको थियो ।

जाजरकोट भूकम्प 
कोरोना काल पछिको सर्वाधिक खुकुलो र स्वतन्त्र वर्षहरूमा दर्ज भएको सन् २०२३ ले दोस्रो विश्वयुद्ध पछि को सर्वाधिक धेरै द्धन्द र बहुराष्ट्रिय वैमनस्य खपेको वर्षहरूका रूपमा लिइन सकिन्छ । नेपालका लागि भने यो वर्ष असामान्य रूपमा पीडादायी नै भएको मान्न सकिन्छ । सुदूर पश्चिमको भूकम्पमा सैयौं नेपालीहरूको मृत्यु भएको वर्ष २०२३ लाई सन् २०१५ पछिको सबैभन्दा ठुलो र विनाशकारी भूकम्प आएको वर्षका रूपमा लिइएको छ । जाजरकोट जिल्लाको रामी डाँडा केन्द्रबिन्दु भएको ६ दशमलव ४ रेक्टर स्केल भएको यस भूकम्पमा १५० जनाको मृत्यु र हजारौँ घाइते भएका थिए । अझै पनि भूकम्प पीडितहरूको उचित व्यवस्थापन हुन नसक्दा अधिकांश पीडितहरू पाल मुनी नै चिसोमा बस्न बाध्य छन् । भूकम्प पछि चिसोका कारणले ज्यान गुमाउने बढ्दो छ ।

बढ्दो हिंसा, आर्थिक मन्दी, राजनैतिक अस्थिरता र नेपालीहरूको विदेश पलायनको बढ्दो चाप बोकेको यस वर्षको आउनुहोस् एउटा पूनरावोलोकन यात्रा गरौँ ।

नक्कली शरणार्थी काण्ड
सन् २०२३ मा नेपाली परिवेशमा भने कहिले एन सेल काण्ड त कहिले नक्कली शरणार्थी अमेरिका पठाउने काण्डमा ठुला माछाहरू समातिएको भने पनि सरकारी उदासीनता र दबाबले ती कुराहरू पिडक कै पक्षमा निर्णय लिइने सँघार मा पुगेको मान्न सकिन्छ । सत्ता र पद अनि पैसाका लागि लिप्त घटना र समाचारहरू यस वर्ष प्रशस्तै भएका छन् । बढ्दो नैराश्ययताले विदेश जानेको सख्याँ बढ्दो छ ।

खेलजगत फलदायी
समाजमा भएका ससाना तर बीभत्स हिंसाका घटनाहरूले सामाजिक विखण्डन र सरकारको न्यून उपस्थिति पुष्टि गरेको वर्ष २०२३ खेलजगतका लागि फलदायी साबित भएको छ । टि ट्वान्टी विश्वकपका लागि नेपाली क्रिकेट टिम छानिएको छ ।

कमसल अर्थतन्त्र
संभवत नेपाली अर्थतन्त्रमा सबैभन्दा कमसल वर्षका रूपमा सन् २०२३ लाई लिइने छ , बैंकको ब्याज सर्वाधिक महँगो भएर १५ देखि १६ प्रतिसत सम्म वार्षिक पुगेको वर्ष २०२३ मा नेपालमा पूँजीबजार र घरजग्गा बजार दुवै हदैसम्म सुस्ताए । मन्त्री सुन किराँतीको विवादास्पद अभिव्यक्ति, समाजवादी नेता र तिनका परिवारजनको पुँजीवादी व्यवहार अनि नेपालमा भुँइमान्छेहरुको बाँचिनसक्नुको अवस्थाका बिच वर्ष २०२३ बिदा हुँदै छ । महँगी र बैङ्कको ब्याज चरममा पुगेको छ , साना तथा मझौला व्यापारहरू बन्द हुने क्रममा छन्, सटरहरू बन्द हुने क्रम बढ्दो छ अनि सपनाका देहावसानको क्रम त किन रोकिन्थ्यो र ? व्यापारीहरू मारमा पर्ने, आत्महत्या सम्म गर्ने अवस्था सृजना भएको वर्ष २०२३ मा सरकार पक्षबाट यसका लागि कुनै कहीँ सम्बोधन गरिएन । सरकारको तीव्र आलोचनाका बिच वर्ष २०२३ नेपाली अर्थतन्त्रका लागि एउटा अवरोहको वर्ष थियो ।  हिन्दु राष्ट र राजसंस्था पुनस्थापनाको माग गर्दै दुर्गा प्रसाईको नेतृत्वमा बल्खुमा बृहत आन्दोलन यसै बर्ष भयो । प्रहरि र प्रदर्शनकारिबिच धरपकड नै भयाे । बल्खुकाे भिडले देशमा अब परिवर्तन चाहानेकाे बढेकाे भनेर आकलन गर्न सकिन्थ्यो । त्यस्तै हजारौ सहकारी पिडितहरु सडकमा आउनु पर्ने बध्यात्मक स्थिति सृजना भयो ।

रणभूमि बनेको बालकुमारी
बर्ष २०२३ सकिनै लाग्दा इतिहासको गर्तमा एउटा नमिटिने खत लाग्यो । ललितपुरको बालकुमारी रणभूमि जस्तै बन्यो । आन्दोलनरत विद्यार्थीको भिड नियन्त्रणभन्दा बाहिर गएर आगजनी गर्न थालेपछि प्रहरीले गोली चलाउँदा दुई जना युवाको ज्यान गयो ।

श्रमका लागि कोरिया जाने भाषा परीक्षामा सहभागी नगराएको भन्दै आक्रोशित भिडले गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा दैलेखको महाबु गाउँपालिका–६ का २३ वर्षीय सुजन रावत र अछाम चौरपाटी गाउँपालिका–१ का २३ वर्षीय वीरेन्द्र शाहको ज्यान गएको हो । गत साउनमा कोरियाको रोजगार अनुमति प्रणाली ९इपिएस० अन्तर्गत पानीजहाज निर्माण गर्ने कम्पनीमा कामका लागि लिइएको भाषा परीक्षामा सामेल भएका परीक्षार्थीले सो कम्पनीको परिणाम आइनसकेकाले अर्को उत्पादनमूलक रोजगारीमा जान भाषा परीक्षामा भाग लिन माग गर्दै आएका थिए ।

मुख्य अन्तर्राष्ट्रिय घटनाक्रमहरू

इज्रेलमा हमासद्धारा एक्कासि आक्रमण गरिँदा इज्रेल प्लालिस्टाइन सम्बन्धमा अर्को तिक्तता थपियो । ७ अक्टोबरमा भएको यस हमलामा १२०० जनाको मृत्यु भएको र २४० जनालाई बन्धक बनाएर गाँजा क्षेत्र लगिएको थियो । यस हमलामा १० जना नेपाली बिधार्थीहरुको पनि मृत्यु भयो भने बन्धक बनाइएका विपिन जोशी नामक नेपाली विद्यार्थीको खोज अझै जारी छ ।
अहिलेसम्म २० हजार भन्दा बढी प्यालेस्टाइनीहरु मरिएका र दसौँ हजार भन्दा बढी प्यालेस्टाइनीहरु घाइते भएको यस इज्रेल हमास युद्धले सन् २०२३ बाट विश्व समुदायलाई स्पष्ट रूपमा दुई भागमा बाँडेको देखिएको छ । यसका अनेक प्रभावहरू आउँदा वर्षमा विश्व समुदायले भोग्नुपर्ने स्पष्ट छ । २०२३ को फेब्रुअरीमा टर्की र सिरियामा विनाशकारी भूकम्प गएको थियो । फेब्रुअरी ६ मा आएको उक्त भूकम्पमा टर्की र सिरियामा करिब ६७ हजार मान्छेहरूको ज्यान गएको थियो । ७ दशमलव ७ र ७ दशमलव ८ रेक्टर स्केलको उक्त कम्पनहरू सन् १९३९ पछिकै त्यस क्षेत्रको सर्वाधिक विनाशकारी भूकम्पका रूपमा मापन गरिएको थियो । यसै वर्ष यूनएफपीएको पपुलेसन रिपोर्टका अनुसार चीनलाई उछिन्दै भारत विश्वको सर्वाधिक धेरै जनसख्याँ भएको देश बनेको छ । चीनको जनसख्याँ १४२ दशमलव ५७ करोड हुँदा भारतको १४२ दशमलव ८६ करोड भएको हो ।

भारतको कुरा गर्दा वर्ष २०२३ मा भएको क्यानडा भारतको सम्बन्धको तिक्ततालाई पनि यहाँ लेख्दै छु । क्यानडामा रहेका प्रो खालिस्तानी नेता हरदिप सिंह निज्जरको हत्यामा भारतीय सरकारको संलग्नताको कुरा क्यानडाका प्रधानमन्त्री जस्टिन त्रिदेओले गरेपछि भारत क्यानडाको सम्बन्ध बिग्रन गएको थियो । सन् २०२३ को जुन १८ मा ओसिएन गेट नामक कम्पनीको सबमरसिबल पनडुब्बी टाइटनिक जहाजको भग्नावशेष हेर्न समुन्दीतहमा जाँदा दुर्घटनाग्रस्त भएको थियो ।
१११ वर्ष पुरानो टाइटनिकको भग्नावशेष हेर्न १२ हजार फुट मुनी उत्रिएको यस सबमर्सिवल मा ५ जना सवार थिए, जसमा पाकिस्तानी मूलका बेलायती व्यापारी, उनका छोरा, सबमर्सिवल कम्पनीका मालिक र एक जना पाइलट सवार थिए । सबै ५ जनाको यस क्रममा मृत्यु भएको थियो ।

यता फेब्रुअरी २०२२ मा सुरु भएको रुस युक्रेन युद्ध यस वर्ष पनि रोकिएन । यसका अलावा उक्त युद्धमा नेपालीहरूको संलग्नताले पनि यस वर्ष नेपाली जनमा एउटा वितृष्णा पैदा गरेको छ । रुस युक्रेन युद्धमा नेपालबाट गएका युवाहरूको पनि संलग्नता भएको पुष्टि भएको छ । यता पाकिस्तानमा पूर्व प्रधानमन्त्री इम्रान खानलाई कारागार चलान गर्दै अर्को प्रधानमन्त्री नवाज सरिफ सत्तामा उक्लेका छन् । पछिल्ला ४ वर्ष देखि बेलायतमा बसिरहेका नवाज सरिफ पाकिस्तानमा प्रधानमन्त्री पदमा ठुलो उतारचढावका बिच उक्लेका हुन् ।

क्यालेन्डरका पाना परिवर्तन भइरहदा देश परिवेश र अवस्था पनि परिवर्तन भइरहन्छन् । कुनै दिन, कालखण्ड र समय सम्झन लायक हुन्छन् भने कुनै निकै कहालीलाग्दो लाग्दा हुन्छन् । वर्षहरूको आआफ्नै महत्त्व छ । वर्ष २०२३ ले बिगारेका कुराहरू बनाउने जिम्मा सन् २०२४ लाई । नयाँ वर्षको शुभकामना ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित बिम्बहरु